काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । आइतबार सर्वोच्च अदालतमा मेयर साहविरूद्ध अवहेलनाको निवेदन परेको हो ।

अधिवक्ता वर्षाकुमारी झाले मेयर शाहविरूद्ध निवेदन दिएकी हुन् । उनको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलाशमा परेको छ ।

काठमाडौंमा भारतीय फिल्म प्रदर्शन रोक गरेका मेयर शाहले गत बिहीबार सामाजिक सञ्जालमार्फत अदालत र सरकार भारतको गुलाम भएको उल्लेख गर्दै आक्रोश व्यक्त गरेका थिए ।