सर्लाही, १० असार । सर्लाहीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको गोडैता नगरपालिका–२ भटौलियामा करेन्ट लागेर बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गोडैता नगरपालिका–२, भटौलिया बस्ने देवनारायण कुशवाहाका १० वर्षीय छोरा आदित कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियारले जानकारी दिए ।