पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति रिजालको निधन

विराटनगर, ९ असार । पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक शिरीष रिजालको निधन भएको छ ।
विराटनगर महानगरपालिका–२ का बासिन्दा रिजालको शुक्रबार राति मृत्यु भएको हो ।
रिजालले केही दिनअघि ढाडको शल्यक्रिया गरेका थिए । शुक्रबार राति गाह्रो भएपछि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।
रिजाल विराटनगरका उद्योगी पनि हुन् । उनी नेपाल जुट मिल्स प्रालीका सञ्चालक हुन् । उनका दुई छोरी र एक छोरा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


