सीमानाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्छ : रघुवीर महासेठ

काठमाडौं, ८ असार । नेकपा एमालेका सांसद रघुवीर महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका छन् ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा उनले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने बताएका हुन् ।
सांसद महासेठले पुराना हतियारहरूलाई डम्पिङ गर्दै हतियारको आधुनिकीकरणमा पनि ध्यान दिनुपर्ने बताए । उनले नेपाली सेनालाई आफूसँग सम्बन्धितबाहेकका उद्योग, व्यापारमा लगाउनु नहुने बताए ।
सांसद महासेठले सेनालाई राष्ट्रिय पहिचानको प्रवर्द्धन, बाहिरी र आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई सुदृढ गर्नतर्फ परिचालन गर्नुपर्ने बताए ।
सांसद महासेठले कारागारलाई सुधार गृहको रूपमा विकास गर्नुपर्नेमा पनि जोड दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


