काठमाडौं, ८ असार । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उल्लेख छ ।

राष्ट्रपति पौडेल यही २ असारदेखि सो अस्पतालमा उपचाररत छन् ।