अधिकृतमाथि कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

दाङ, ८ असार । दाङमा शिक्षा अधिकृतमाथि कुटपिट गरेको आरोपमा शान्तिनगर गाउँपालिका–२ का वडाध्यक्ष पक्राउ परेका छन् ।
शान्तिनगर गाउँपालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई बिहीबार दिउँसो कुटपिट गरेको भन्दै वडाध्यक्ष सुनिल वलीलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए ।
प्रहरीका अनुसार वडाध्यक्ष वलीले बिहीबार दिउँसो गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिवाद हुदा शिक्षा अधिकृत पाण्डेलाई कुटपिट गर्दै कागजात च्यातेका थए ।
उनीविरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेपछि शुक्रबार पक्राउ गरिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


