लोक सेवाको परीक्षामा चिट चोर्ने एकजनालाई कारवाही

काठमाडौं, ८ असार । लोक सेवा आयोगले परीक्षामा चिट चोर्ने एकजनालाई कारवाही गरेको छ । उनलाई आगामी एक वर्षको लागि लोक सेवा आयोगबाट लिइने कुनै पनि परीक्षामा सहभागी हुन रोक लगाएको हो ।
शाखा अधिकृत वा सो सरहको पदको वैशाख २७ देखि २९ गतेसम्म लिइएको लिखित परीक्षामा सहभागी सृजना पन्थीले प्रवेश पत्रको पृष्ठ भागमा परीक्षालाई सहयोग पुग्ने सामग्री उतार गरेको आयोगले जनाएको छ ।
सोही आधारमा आयोगको ऐन २०७९ को दफा ४१ को १ (क) बमोजिमको कसुर गरेको पाइएको भन्दै उनलाई कारवाही गरिएको आयोगले जनाएको छ ।
परीक्षामा चिट चोरेमा वा चोराएमा, अर्काको नक्कल गरेमा वा गराएमा वा विद्युतीय उपकरण प्रयोग गरी परीक्षामा अनियमित काम गरेमा दुई वर्षसम्म आयोगबाट लिइने परीक्षमा उम्मेदवार हुन नपाउने गरी लोक लगाउन सकिने कानूनी प्रावधान रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


