जनकपुरधाम, ७ असार । जनकपुरधामस्थित मंगलम् डाइग्नोष्टिक सेन्टरले पहिलो पटक निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको छ ।

विगत १ दशकदेखि सेवा दिँदै आइरहेको मंगलम् डाइग्नोष्टिकले आफ्नो स्थापना दिवसको अवसर पारेर शनिवार शिविर सञ्चालन गर्न लागेको हो ।

जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछी मैदानमा मंगलम्ले शिविर सञ्चालन गरेर मधुमेह र थाइराइडको निःशुल्क जांच गर्ने मंगलम् डाइग्नोष्टिक सेन्टरका एमडी अर्थ ठाकुरले जानकारी दिए ।

पर्साको वीरगञ्जमा चिकित्सक र विरामीहरूको पहिलो रोजाइ बनेको मंगलम्ले जनकपुरधाममा पनि शाखा विस्तार गरेको छ । अर्थले भने, ‘हामी यहाँ आएपछि अब समय र पैसा दुबैको वचत मात्र नभई जांचको गुणस्तरियतामाथि पनि प्रश्न उठ्ने छैन ।’

उनले शनिवार बिहान ६ देखि १० बजेसम्म सञ्चालन हुने शिविरमा थाइराइड र मधुमेहको निःशुल्क जांच गर्नुका साथै अन्य जांचमा २० प्रतिशत छूट दिइने जानकारी दिए ।

यस क्षेत्रमा मधुमेह र थाइराइडका बिरामीको संख्या दिनानुदिन बढ्दै गइरहेकोले विपन्न र असहाय वर्गलाई लक्षित गरेर निःशुल्क शिविर संचालन गर्न लागेको अर्थले बताए ।

उनले आफूहरु नियमित रुपमा समाजको सुख दुःखमा आफ्नो स्तरबाट सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । ठाकुरले यस शिविरबाट लाभ उठाउन सबैसँग आग्रह गरेका छन् ।