नागरिकता प्रमाण–पत्र जारी गर्ने कार्य प्रारम्भ गर्न तमलोपाको आग्रह

जनकपुरधाम, ७ असार । तराई मधेश लोकतान्त्रिक पार्टीले प्रमाणीकरण भई कानून बनिसकेको संशोधित नागरिकता ऐन अनुसार नागरिकता प्रमाण–पत्र जारी गर्ने कार्य प्रारम्भ गर्न आग्रह गरेको छ ।
नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै दिइएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश निरन्तर नरहने आदेश दिएसँगै तमलोपाले यस्तो आग्रह गरेको हो ।
तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘आशा गरौं, विगत झैं आफ्ना आदेश र निर्णयबाट विभेदवादीहरुको पृष्ठपोषण अब अगाडि न्यायापालिकाले गर्ने छैन । जिम्मेदारी र कर्तव्यको पालनाको भूमिकामा यसले मौलिक अन्तर अनुभूत गराउने छ । जिल्ला प्रशासन कार्यालयहरुले कानूनको सम्मान गर्दै तत्काल प्रमाणिकरण भई कानून बनिसकेको संशोधित नागरिकता ऐन अनुसार नागरिकता प्रमाण–पत्र जारी गर्ने कार्य प्रारम्भ गर्नु पर्दछ ।’

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


