हिन्दी फिल्म चलाउन दिन उच्च अदालतको आदेश

काठमाडौं, ७ असार । उच्च अदालतले हिन्दी फिल्म चलाउन दिन अन्तरिम आदेश दिएको छ ।
काठमाडौं महानगरका मेयर बालेन साहले चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि प्रदर्शनमा रोक लगाएकोमा उच्च अदालतले फिल्म चलाउन दिन अन्तरिम आदेश दिएको हो ।
हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरको निर्णयविरूद्ध चलचित्र संघले हालेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
अन्तरिम आदेश जारी भएसँगै हिन्दी लगायत कुनै पनि फिल्म यथास्थितिमा चल्ने भएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


