काठमाडौं, ६ असार । काठमाडौं महानगरपालिकामा आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोग गर्न नपाइने भएको छ ।

कामपा प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्लाष्टिक निषेध गर्ने जनाएका हुन् ।

जसअनुसार साउन १ गतेदेखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने, प्लाष्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातमा प्रतिबन्ध लगाइनेछ ।

साथै, ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइनेछ । यसको कार्यान्वयनलाई प्रभावकारी बनाइने उनले जानकारी दिए ।