काठमाडौं, ६ असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोबाट जनसम्पर्क टुटेको क्षेत्रमा लाइभ लाइन कनेक्टिभिटी जोड्ने काम सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा मनसुनजन्य विपद्बाट विभिन्न जिल्लामा भएको क्षतिको विषयमा भएको छलफलमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले सरकारले बाढीपहिरो प्रभावित क्षेत्रमा सडक, खानेपानी, विद्युत्, खाद्यान्न लगायतका कनेक्टिभिटी तत्काल जोड्ने गरी काम गरिरहेको बताए ।

गृहमन्त्री श्रेष्ठले बाढी पहिरो विपद्बाट बेपत्ता भएको खोज तथा उद्धारलाई प्राथमिकतामा राखेको बताए । उनले बाढी पहिरो प्रभावित क्षेत्रमा स्थानीयवासी र बस्तीको स्थानान्तरण नभएको भए तत्काल बस्ती स्थानान्तरण गर्ने काम गरिने बताए ।

नले बाढी पहिराबाट मानव र बस्ती जोगाउँदै घाइतेहरूको उपचार जोड दिएर काम गरिरहेको बताए ।

उनले कनेक्टिभिटीलाई प्राथमिकताको आधारमा सरकारले कार्य योजना बनाएर काम थालेको बताए । संघीय,प्रदेश र स्थानीय सरकारको समन्वयमा सम्पूर्ण सरकारी निकायहरूको प्रभावकारी परिचालनमा गरेर काम अघि बढाएको पनि बताए ।

गृहमन्त्री श्रेष्ठले पुनः निर्माण र पुनवासको निम्ति सरकारले थप योजना बनाएको पनि बताए । गृहमन्त्री श्रेष्ठले थप छलफलको लागि बैठक राखेको बताए ।