राजसंस्था फर्किने आशा जीवित छ : पशुपतिशमशेर जबरा

काठमाडौं, ६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद पशुपतिशमशेर जबराले राजसंस्था फर्किने आशा जीवित रहेको बताएका छन् ।
बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद जबराले राजसंस्था फर्किने आशा जीवित रहेको बताएका हुन् ।
उनले हिन्दु राष्ट्र कायम हुनुपर्ने पनि बताए । उनले आफूहरू देश उदार प्रजातन्त्रबाट मात्रै विकसित हुन्छ भन्ने सोचमा रहेको बताए ।
उनले भने, ‘हाम्रो पाँच वटा उद्देश्य हो । हामी राष्ट्रवादी हौँ । बहुदलीय प्रजातन्त्रप्रति हामी एकदम कटिवद्ध छौँ । हामी उदारवाद, यो मुलुक एउटा उदार प्रजातन्त्रबाट मात्रै विकसित हुनसक्छ भन्ने सोचमा छौँ । साथसाथै यो मुलुक हिन्दु पनि हुनुपर्छ । बढी गेरवशाली श्रीपेच भयो भने राम्रो हुन्छ । आशा गरौँ । आशा जहिले पनि जागृत रहनुपर्छ । मान्छे आशा नभएर अगाडि बढ्न सक्दैन । यो आशा हामीसँग जीवित छ ।’
उनले राप्रपासँग विचार मिल्नेहरूसँग मिलेर अगाडि बढ्ने सम्बन्धमा पनि छलफल भइरहेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


