काठमाडौं, ५ असार । धुर्मुस–सुन्तली फाउण्डेसनले तिर्नुपर्ने करमा छुट पाएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकको यस्तो निर्णय गरेको हो ।

निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले अर्थ मन्त्रालयको प्रस्तावमा धुर्मुस–सुन्तली फाउण्डेसनले गिरानचौर एकीकृत नमुनावस्ती पुर्ननिर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको जानकारी दिइन् ।

बैठकले नेपाल चीन सीमानाको सीमा चिह्न स्तम्भ संयुक्त रुपमा पुनःस्थापना गर्ने बारेमा नेपालीको टोली गठनको निर्णय पनि गरेको छ ।

नेपाल–चीन सीमानाको तातोपानी झ्ङवोस्थित सीमा चिह्न स्तम्भ ५३१ लाई संयुक्त रुपमा पुनःस्थापनाको लागि नेपाली टोली गठन गर्ने निर्णय भएको उनको भनाइ छ ।