यसरी नै चल्ने हो भने कांग्रेस दुर्घटनामा पर्छ : गगन थापा

काठमाडौं, ४ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्न सक्ने बताएका छन् ।
सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको सातौँँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
देश बदल्नको लागि सबैभन्दा पहिला नेपाली कांग्रेस बदल्न आवश्यक रहेको बताउँदै उनले नेपाली कांग्रेस अहिले जसरी चलेको छ त्यसरी नै चल्ने हो भन्ने ठानेमा कांग्रेस दुर्घटनामा जाने बताए ।
कांग्रेसलाई दुर्घटनाबाट बचाउनका लागि फरक ढंगमा चलाउनुपर्ने उनको जिकिर छ । महामन्त्री थापाले पार्टीलाई आवश्यकताअनुसार बदल्न सक्नुपर्ने बताए ।
कांग्रेस बदल्न सक्ने भन्दै उनले आवश्यकताअनुसार धुरी फाट्यो भने धुरी बदल्न सक्नुपर्ने बताए ।
देश अफ्ठ्यारोमा भएको बेला कांग्रेसले देशलाई ठीक ढंगले सम्हाल्न सक्नुपर्ने बताउँदै उनले यस्तो बेलामा कांग्रेसले मुलुकलाई सम्हाल्न नसके मुलुक थप १५ वर्ष पछि धकेलिने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


