काठमाडौं, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि उनी सोमबार दिउँसो संखुवासभाको तुम्लिङटार पुगेका छन् ।

आइतबार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा एकको मृत्यु हुनुका साथै १८ जनाभन्दा बढी बेपत्ता भएका थिए ।

प्रधानमन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए ।

उनले उद्धार, राहत र बेपत्ताहरूको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन र अन्य स्वयंसेवी संघसंस्थालाई अपिलसमेत गरे ।