रास्वपाको १७ सदस्यीय कार्यदल गठन

काठमाडौं, ४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नीति, विचार र सिद्धान्तसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन १७ सदस्यीय कार्यदल गठन गरेको छ ।
पार्टीका महामन्त्री डा. मुकुल ढकालको नेतृत्वमा उक्त कार्यदल बनाइएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनका अनुसार आन्तरिक छलफलका लागि तयार पारेको दस्तावेजलाई अझै स्पष्ट बनाउन पदाधिकारीसहितको कार्यदल बनाइएको हो ।
उक्त कार्यदलमा पदाधिकारीबाट महामन्त्री डा. ढकाल र सहमहामन्त्री बुर्लाकोटी रहेका छन् । अन्य सदस्यबारे निर्णय हुन बाँकी रहेको बुर्लाकोटीले बताए ।
उक्त दस्तावेजमाथि पटकपटक छलफल गरेर भदौको मध्यसम्म अन्तिम रुप दिने तयारी रहेका सो पार्टीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


