काठमाडौं, ४ असार । नेकपा माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् ।

समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी छन् ।

राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले सातबुँदे घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिअनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ । नीतिगत निर्णय गर्न अध्यक्षहरु सहितको संयोजन समिति हुनेछ भने स्थानीय तहसम्म विस्तार गर्न सकिनेछ ।