संशोधन नभए बजेट पास हुन नदिने सीके राउतको चेतावनी

काठमाडौं, ४ असार । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सांसदहरुको मागअनुसार बजेट संशोधन नभए बजेट पास हुन नदिने चेतावनी दिएका छन् ।
सोमवार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष डा.राउतले बजेटमा सांसदका मागहरु सम्बोधन हुनेगरी संशोधन नभए सत्तापक्षका सांसदहरुले नै बजेट पास हुन नदिने बताएका हुन् ।
अध्यक्ष राउतले पूर्वाधार विकास समितिले सुझावसहित बजेट संशोधनको प्रस्ताव लैजान माग गरे ।
उनले भने, ‘सरकार पक्षका सांसदहरुलाई पनि आग्रह गर्न चाहन्छु । मधेश प्रदेश भन्दा सूदुरश्चिममा ६ गुणा बढी बजेट गएको छ । सुदूरपश्चिम प्रदेशको जनसंख्या भनेको २६ लाख छ भने मधेश प्रदेशको ६१ लाख रहेको छ । जनसंख्या वा मानवविकास सूचाङ्कको आधारमा हो भन्ने बजेट सिद्धान्तको आधारमा बजेट निर्धारण गरिनुपर्छ । त्यो अनुसार बजेट संशोधन गर्नुपर्छ ।’
सुझावसहित बजेट संशोधनको प्रस्ताव कार्यान्वय नभएपनि सरकारले ल्याएको बजेट संशोधनको आवश्यकता रहेको उनले बताए ।
एकजना मन्त्रीले मात्रै बजेट बनाउने भए २७५ सांसदहरु आवश्यकता नभएको भन्दै निर्वाचित भएर आएका सांसदहरुको कुरा सरकारले सुन्नुपर्ने उनले जिकिर गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


