काठमाडौं, ३ असार । राष्ट्रपति रमचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक लागू गर्न माग गर्दै प्रदर्शन गर्ने १० जना पक्राउ परेका छन् ।

सर्वोच्च अदालतले नागरिकता विधेयक रोक्न अल्पकालीन आदेश जारी गरेपछि त्यसलाई लागू गर्न माग गर्दै आइतबार सर्वोच्च अदालतअगाडि प्रदर्शन गर्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक रोक्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको थियो ।

सोही आदेशविरुद्ध नागरिकता विधेयकका पक्षधरहरुले सर्वोच्च अदालतअगाडि प्रदर्शन गरेका थिए ।