काठमाडौं, ३ असार । काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमाहरूमा भारतीय फिल्मको प्रदर्शन रोक्ने भएको छ ।

दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ लाई काठमाडौंका मेयर बालेन शाहले दिएको तीन दिनको अल्टिमेटम आइतबार सकिएको । तर, चलचित्रबाट विवादित संवाद नहटाइएपछि बालेनले काठमाडौंमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी थालेका हुन् ।

मेयर शाहको निर्देशनपछि नगर प्रहरीले सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिएको छ । प्रदर्शन रोक्न आग्रह गर्दा पनि नमाने नगर प्रहरी नै परिचालन गरिने भएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई नेपालमामात्रै नभई भारतमासमेत सच्याउन तीन दिनको अल्टिमेटम दिएका थिए ।