सप्तरी, ३ असार । मैथिली साहित्य परिषद्को अध्यक्ष पदमा अवधेश झा निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न निर्वाचनमा परिषद्को उपाध्यक्षमा राजकुमारलाल दास, सचिवमा सञ्जीवनारायण यादव, सहसचिवमा ललिता झा र कोषाध्यक्षमा शोभिता दास चयन भएका निर्वाचन समितिले जनाएको छ ।

यस्तै, सदस्यमा राजीवकुमार झा, पङ्कज झा, रमिला साह, गजेन्द्रकुमार मण्डल, रविकुमार राय र अजितकुमार ठाकुर विजयी भएको निर्वाचन समितिका संयोजक श्यामसुन्दर झाले जानकारी दिए ।

निर्वाचनमा ८ सय १८ मतदातामध्ये ४ सय ७८ जनाले मतदान गरेका थिए ।