धनुषाका शिक्षकहरूमाथि दिनप्रतिदिन समस्या थपिँदै गएको संयुक्त शिक्षक मोर्चा समितिको ठहर

जनकपुरधाम, २ असार । संयुक्त शिक्षक मोर्चा समितिले नेपाल शिक्षक संघ धनुषाका कारण जिल्लामा विगत केही महिनादेखी शिक्षकहरुमाथी दिनप्रतिदिन समस्या थपिँदै गएको आरोप लगाएको छ ।
सम्पूर्ण शैक्षिक संस्थाहरूका अध्यक्षहरूले शैक्षिक समस्या समाधान गर्न संयुक्त शिक्षक मोर्चा गठन गरि धनुषाको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख युक्तप्रसाद शर्मामाथी गरिएको कालोमोसो घटनाप्रति आपत्ति जनाएको छ । यस घटनाप्रति खेद प्रकट गर्दै यो घटना किन र कसरी भयोबारे सत्य तथ्य पत्ता लगाई दोषीलाई कानुनी दायरामा ल्याउन मागसमेत गरिएको छ ।
विगत केही दिनदेखी शिक्षा विकास तथा समन्वय इकाई धनुषामा आम नागरिक धनेश्वर दासलाई आफ्नो हालीमुहाली बनाई कार्यालयको सबभन्दा सम्वेदनशिल मानिने दर्ता चलानी फाँट शाखामा राखेर फाइल चोरी हुने, कानुन पत्र बढाएर चलानी गर्ने, दर्ता चलानी खाली ठाउँ हुने, केही दिन अगाडी शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शर्मा स्वयमले मैले सही नगरेको स्वीकारेपनि त्यो चिठ्ठी कसरी चलानी भयो जस्ता गैरकानूनी कार्य गरेको मोर्चाको ठहर छ ।
यस प्रकारका व्यक्ति दर्ता चलानीमा बस्दा दिन प्रतिदिन घटना घटिरहेकोप्रति शिक्षक संस्थाहरूको अध्यक्षहरुले पटक– पटक आग्रह गर्दापनि ईकाई प्रमुखले नमानेकोले शिक्षा विकास तथा समन्वय इकाई आफैं विवादमा फसेको, यसबारे प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितीको प्रमुखलाई समेत जानकारी गराईसकेपनि हालसम्म के कति कारणले उक्त व्यक्ति फाँटबाट अहिलेसम्म बाहिर नगएको भन्दै सवाल उठाइएको छ ।
मोर्चाले आइतबारदेखि विद्यालय कर्मचारी परिषद्द्वारा गरिएको आन्दोलनप्रति समर्थन जनाउँदै माग पुरा होस् भन्ने उद्देश्यले गरिएको विद्यालय बन्द कार्यक्रमलाई सफल पार्न सम्पूर्ण स्थानिय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति, नागरिक समाज, राजनैतिक दल, अभिभावक, शिक्षक, विद्यार्थी तथा मानव अधिकारकर्मी लगायत सरोकारवाला निकायलाई सफल बनाउन आग्रह गरिएको छ ।
साथै नेपाल शिक्षक संघ धनुषा एकलौटी रूपमा अगाडी बढने रवैयाका कारण तत्कालका लागी शिक्षक महासंघ धनुषा गठन नगर्ने यस मोर्चाको निर्णय भएको एकिकृत अखिल नेपाल शिक्षक संगठन धनुषाका अध्यक्ष धर्मेन्द्र यादवले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


