रेशम चौधरीसँगको भेटमा बाबुरामले भने खुला आकाशमुनि हार्दिक स्वागत

काठमाडौं, २ असार । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।
भेटघाटका लागि आफ्नै निवासमा आएका चौधरीलाई भट्टराईले खादा लगाएर स्वागत गरे ।
सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै भट्टराईले लेखेका छन्, ‘हालै जेलमुक्त हुनुभएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई खुला आकाशमुनि हार्दिक स्वागत !’
रेशमलाई गत १५ जेठमा गणतन्त्र दिवशको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।
टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय सुनाइएका चौधरी जेदमुक्त भएपछि पछिल्लो समय राजनीतिक भेटघाटमा व्यस्त छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


