केही जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

काठमाडौं, १ असार । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । सरकारले अवधि पुगेका र सुगम तथा दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरेको हो ।
गृहमा अतिरिक्त रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको सिडिओ बनाइएको छ । त्यस्तै, गृहको अतिरिक्त समूहमा रहेका शन्तबहादुर सुनुवारलाई रोल्पाको सिडिओको जिम्मेवारी दिइएको छ ।
कञ्चनपुरका सिडिओ गोपालप्रसाद अर्याललाई डोटी पठाइएको छ भने मकवानपुरका सिडिओ रहेका राजेन्द्र पाण्डेलाई सिरहाको सिडिओ बनाइएको छ । सिरहाका सिडिओ भोजराज खतिवडालाई खोटाङको सिडिओको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, डोटीकी सिडिओ कल्पना श्रेष्ठलाई सरुवा गरेर नवलपरासीपूर्वको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । त्यस्तै, खोटाङका सिडिओ सूर्य सेढाईंलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
रोल्पाका सिडिओे परमानन्द घिमिरेलाई काभ्रेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । रामेछापका सहायक सिडिओ अनुज घिमिरेको इलाका प्रशासन कार्यालय धरानमा सरुवा भएको छ ।
जाजरकोटका सहायक सिडिओ गंगाबहादुर क्षेत्रीलाई कास्कीको सहायक सिडिओको जिम्मेवारी दिइएको छ । त्यस्तै काभ्रेका सहायक सिडिओ महेशकुमार पोखरेललाई गृह मन्त्रालयमा ल्याइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


