पार्टी र नेता नसच्चिएसम्म देश विकास सम्भव छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, १ असार । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरू नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताएका छन् ।
शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अपेक्षा गरेअनुसार देशमा समृद्धि आउन नसकेको बताए ।
उनले देशको विकास हुन नसक्दा आम जनता निराश रहेको भन्दै जिम्मेवारीका साथ राजनीतिक दलहरूले आफ्नो कार्यभार निभाउनुपर्ने बताए ।
गृहमन्त्री श्रेष्ठले देश बदल्नका लागि सबैभन्दा पहिला राजनीतिक पार्टी र नेताहरूले नै आफूलाई सच्याउन जरुरी रहेको बताए ।
राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरू रूपान्तरण गरेर सामाजिक, आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र पार्नु आवश्यक रहेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


