यातायात कार्यालय जनकपुरबाट एक बिचौलिया पक्राउ

जनकपुरधाम, ३२ जेठ । धनुषा प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट बिचौलियाको काम गर्ने एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ बस्ने २६ वर्षीय सुवास कुमार राउत रहेका छन् ।
बिहीबार दिउँसो २ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ स्थित यातायात कार्यालयमा बिचौलियाको काम गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले राउतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
पक्राउ परेका राउतलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


