कांग्रेसको स्वास्थ्य विभागमा एक सचिवसहित ११ जना सदस्य मनोनयन

जनकपुरधाम, ३२ जेठ । नेपाली कांग्रेसको स्वास्थ्य विभाग मधेस प्रदेशले प्रदेश स्वास्थ्य विभागमा एक सचिवसहित ११ जना सदस्य मनोनयन गरेको छ ।
पार्टीको विधान २०१७ (संशोधन सहित)को धारा ११ को (ख) बमोजिम कांग्रेस मधेस प्रदेश स्वास्थ्य विभागमा एक सचिवसहित ११ जना सदस्य मनोनयन गरिएको हो ।
जसअनुसार सचिवमा रौतहटका डा. शाहजहान ठाकुरलाई चयन गरिएको छ भने सदस्यहरूमा महोत्तरीका डा. अश्वीन कुमार झा र डा अर्पणा, धनुषाका शत्रुधन यादव र राधिका कुमारी साह, पर्साका डा. कुश राज गिरी र आदित्य तिवारी, सर्लाहीका डा. जितेन्द्र कुमार मिश्र र पशुपति कुमार यादव, रौतहटका डा. नेहाल असर्फ, सप्तरीका डा. इन्द्र नारायाण यादव र सिरहाका डा. संजीव मंगरदैता चयन भएका छन् ।
स्वास्थ्य प्रमुख शर्मिला थापाले बिहीबार एक विज्ञप्ती जारी गर्दै विभागलाई पूर्णता दिइएको जानकारी दिएकी छन् ।

यसअघि कांग्रेसको स्वास्थ्य विभाग मधेस प्रदेशले चिकित्सक डा. सज्जन ठाकुरलाई स्वास्थ्य विभाग उपप्रमुखमा नियुक्त गरिसकेको छ ।
नेपाली कांग्रेसको विधान २०१७ (संसोधन सहित) को धारा १३ (११) (ग) बमोजिम महोत्तरी स्थायी ठेगाना भएका डा. ठाकुरलाई गत फागुन १४ गते स्वास्थ्य विभाग उपप्रमुखमा नियुक्त गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


