काठमाडौं, ३२ जेठ । नेपाल सरकारको मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो ।

३ महिनापछि अवकाश पाउन लागेका शंकरदास बैरागीलाई अन्य कुनै पदमा व्यवस्थापन गर्ने गरी सरकारले अर्याललाई मुख्य सचिव बनाएको छ ।

उनी यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव थिए । त्यसअघि अर्यालले सूचना तथा सञ्चार, उद्योग वाणिज्य तथा आपूर्ति, योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेका थिए ।

सहसचिव रहँदा उनी लामो समय अर्थ मन्त्रालयको बजेट महाशाखामा पनि कार्यरत थिए ।