काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।

उनी नियमित स्वास्थ्य ‘फलोअप’का लागि त्यसतर्फ प्रस्थान गरेको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

सभापति देउवाले केही वर्षअघि पेटमा समस्या देखिएपछि सिंगापुरमा उपचार गराएका थिए । देउवासँग प्रमुख स्वकीय सचिव भानु देउवा पनि सिंगापुर गएका छन् ।

पछिल्लोपटक प्रधानमन्त्री भएपछि विभिन्न तहका निर्वाचन र पार्टीको महाधिवेशनमा व्यस्त हुनुपरेका कारण सभापति देउवाको नियमित स्वास्थ्य ‘फलोअप’ हुन सकेको थिएन ।