बजेटमा संशोधन गर्न सत्तारुढ दलका शीर्ष नेता सहमत

काठमाडौं, ३० जेठ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा संशोधन गर्न सत्तारुढ दलका शीर्ष नेता सहमत भएका छन् ।
बजेटको विनियोजन असन्तुलित भएको गुनासो आएपछि ती गुनासोलाई सम्बोधन गर्ने सहमति भएको हो ।
एमालेलगायत विपक्षी दल र सत्तारुढ दलकै केही सांसदले बजेटमा संशोधन माग गर्दै आएका थिए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट संशोधन गर्नुपर्ने बताउँदै संशोधन नगरे सरकार ढल्ने चेतावनी सार्वजनिक रुपमा नै दिँदै आएका थिए ।
नेताहरुबीच कम बजेट परेका क्षेत्रमा थप्ने, बढी भएका क्षेत्रमा घटाउने विषयमा सहमति भएको छ । बजेट वक्तव्यमा उल्लिखित करका दर संशोधन हुने वा नहुने विषयमा भने केही खुलाइएको छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


