मंगलबार पनि बुद्धको विमानमा समस्या, नेपालगञ्ज उडेको विमान काठमाडौं फर्काइयो

काठमाडौं, ३० जेठ । मंगलबार पनि बुद्ध एअरको विमानमा समस्या देखिएको छ । मंगलबार मध्याह्न काठमाडौंबाट नेपालगञ्जतर्फ उडेको २२ मिनेटमा विमानमा समस्या देखिएपछि काठमाडौं विमानस्थलमा फर्काएर अवतरण गराइएको हो ।
५२ जना यात्रु बोकेर विमान पौने १२ बजे उडेको थियो । विमानमा प्राविधिक समस्या उत्पन्न भएको थाहा पाएपछि चालकले विमानलाई नेपालगञ्जतर्फ अगाडि नलगेर काठमाडौं फिर्ता गर्ने निर्णय गरेको विमानस्थल स्रोतले बताएको छ ।
आकाशबाट फिर्ता भएको विमान १२ बजेपछि काठमाडौं विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो । यसअघि पनि बुद्धका विमानमा प्राविधिक समस्या उत्पन्न भएपछि पटकपटक आकस्मिक अवतरण गराइएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


