रास्वपा सभापति लामिछाने र राजदूत गोडरबीच भेटवार्ता

काठमाडौं, ३० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ ।
मंगलबार बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा उनीहरूबीच भएको संक्षिप्त भेटवार्तामा विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषियोग्य जमिन विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिकामा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भएको रास्वपा केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिइन् ।
भेटवार्तामा अन्य समसामयिक विषयमा पनि कुराकानी भएको थियो । त्यसअवसरमा सह–महामन्त्री कविन्द्र बुर्लाकोटी तथा अन्य केन्द्रीय सदस्य पनि सहभागी थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


