सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही, ३० जेठ । सर्लाहीमा स्कारपियोको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्लाको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा मंगलबार भारतीय नम्बर प्लेटको स्कारपियोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
बबरगञ्जबाट बयलवासतर्फ आउँदै गरेको बीआर ३० इ २४५९ नम्बरको स्कारपियोको ठक्करबाट ज २ प ६४५२ नम्बरको मोटरसाइकलका चालक चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जका ४५ वर्षीय मनोज महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका महतोलाई सामान्य उपचार पश्चात् थप उपचारका लागि लालगढ अस्पताल धनुषा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


