काठमाडौं, ३० जेठ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या भएपछि राष्ट्रपति पौडेललाई गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो ।

अस्पताल स्रोतका अनुसार उनको थप उपचार भइरहेको छ । राष्ट्रपति पौडेललाई भएको स्वास्थ्य समस्याको बारेमा अस्पताल प्रशासनले स्पष्ट जवाफ दिएको छैन ।

अस्पतालका निर्देशक डा. चन्द्रमणी अधिकारीले यस विषयमा केही बोल्न चाहेनन् ।