काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टी नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्जुन थापा चयन भएका छन् ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले थापालाई विभागको प्रमुख चयन गरिएको जसपाका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका हुन् ।

थापासँग लामो समयदेखि पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सम्हालेको अनुभव छ । बैठकले विभागको सचिवमा भरत गुरुङ, सदस्यहरुमा छायाँ शर्मा पन्त, जुद्ध ढाक्रे राई, मनिष कुमार, प्रमोदराम मिश्र, प्रेम यक्तेन लिम्बु, पवन राय र विनोद पौडेल रहेका छन् ।

जसपाले संगठन विभाग, प्रचार विभाग, आर्थिक विभाग यस अघि गठन गरिसकेको छ भने अन्य विभागहरु गठन भएका छैनन् ।