काठमाडौंका दुईवटा अस्पताल सिल

काठमाडौं, २९ जेठ । काठमाडौं महानगरपालिकाले दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका दुईवटा अस्पताल सिल गरेको छ ।
महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरस्थित हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हो ।
अनुगमनका क्रममा दुवै अस्पताल लामो समयदेखि दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ ।महानगरका अनुसार अस्पताल भित्र सञ्चालित फार्मेसी विना दर्ता सञ्चालन भइरहेको पाइएको छ ।
अस्पतालले अपनाउनु पर्ने मापदण्ड समेत ती अस्पतालहरूले पालना नगरेको पाइएको महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलल जानकारी दिए बताए ।
उनले दुवै अस्पताल १५ शय्याका रहेपनि अस्पतालका लागि चाहिने आवश्यक मापदण्डरु केही नरहेको र दर्ता नवीकरण समेत नभएको पाइएपछि महानगरले सिल गरेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


