बजेट कार्यान्वयनका लागि सरकारलाई समेत चिन्ता छैन : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं, २९ जेठ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन हुन नसक्ने बताएका छन् ।
सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुन नसक्ने बताएका हुन् ।
उनले बजेटले अर्थतन्त्रको समस्या नचिनेको टिप्पणी गरे । त्यस्तै देशमा विद्यमान समस्या समाधानका विकल्प र दृष्टिकोणहरू पनि बजेटमा नभएको उनको भनाइ छ । उनले बजेट हावादारी भएको समेत बताए ।
उनले भने, ‘यो बजेट कार्यान्वयन हुन्छ कि हुन्न भन्ने कुरामा स्वयं अर्थमन्त्रीजीलाई चिन्ता छैन । सरकारलाई चिन्ता छैन । हामी सबै स्पष्ट छौँ । यो कार्यान्वयन हुने बजेट होइन । चुनौतीको प्रश्न नै भएन नि जुन बजेट कार्यान्वयन हुँदैन यो त स्वयं नै हावादारी बजेट छ ।’
उनले बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सरकारलाई समेत चिन्ता नभएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


