दाङ, २९ जेठ । प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ भेतुकेमा कार दुर्घटना हुँदा ४ बालबालिकासहित ८ जनाको मृत्यु भएको छ ।

लु१च ६३४५ नम्बरको कार अनियन्त्रिण भई सडकबाट ५० मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ४ बालबालिकासहित ८ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रवक्ता सुशील थापाले जानकारी दिए ।

स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्किने क्रममा सो कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कार चालक लमही नगरपालिका वडा नम्बर–५ का तारा कुमाल, कारमा सवार लमही–७ का ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली र उनका ९ वर्षीय छोरा आदित्य शाह रहेको जिल्ला प्रहरी कार्यालय प्युठान प्रवक्ता सुशील थापाले जानकारी दिए ।

यस्तै तुलसीपुर उपमहानगपारिका वडा नम्बर–१५ कोठरीका ३५ वर्षीया सरिता शर्मा पोखरेल, उनका १४ वर्षीय छोरा विशाल पोखरेल र ९ वर्षीय छोरा विकास पोखरेलको पनि मृत्यु भएको छ ।

मृतक एकजनाको पहिचान हुन अझै बाँकी रहेको छ ।