बजेटकै कारण सरकार ढल्दैन : माधव सापकोटा

काठमाडौं, २८ जेठ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बजेटकै कारण सरकार नढल्ने बताएका छन् । सत्तारुढ दलहरूले नै बजेटको विरोध गरिरहेका बेला उनले सोही कारण सरकार नढल्ने प्रतिक्रिया दिएका हुन् ।
आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद सापकोटाले बजेटको विषयलाई लिएर सत्तारुढ गठबन्धन भित्र केही गुनासो भएको र त्यसलाई सम्बोधन गरेर अघि बढ्ने बताए ।
उनले भने, ‘आपसी संवादका माध्यमबाट भारतसँग हाम्रा असमझदारीका कुराहरू हल गरिनु पर्छ । समाधान गरेर जानु पर्छ । भारतले जे ग¥यो, त्यो गलत नै गरेको छ । आजको विश्व प्रतिस्पर्धामा त्यसलाई विचार गरेर, वरपरका सबै छिमेकीहरूलाई विश्वासमा लिएर जाने गरी विशाल हृदयका साथ भारत अगाडि बढ्नु पर्छ । सरकार ढल्दैन । बजेट र त्यसमा पनि विनियोजनको बारेमा सत्ता गठबन्धनभित्र केही गुनासोहरूको विषय छलफलमा छ । मलाइ लाग्छ, यो बैठकमा अन्तिमसम्म जाँदा खेरी गठबन्धन भित्र छलफल गरेर यसको हल हुन्छ ।’
सांसद सापकोटाले सरकारले भारतसँग रहेका असमझदारीहरू हल गर्दै जानुपर्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


