त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो

काठमाडौं, २८ जेठ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चलेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागूऔषधका कारोबारीमाथि गोली प्रहार गरेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले विमानस्थल नजिकैको सिनामंगलस्थित शम्भु मार्गमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा ब्यूरोको टोलीले गोली चलाएको जानकारी दिए ।
लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको उनले बताए ।
प्रहरीको गोली लागेर घाइते भएका विकास भगवतलाई उपचारका लागि केएमसी अस्पताल लगिएको छ । उनको साथबाट केही मात्रामा लागूऔषध पनि बरामद भएको एसपी जोशीले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


