प्रधानमन्त्री र मन्त्रीहरूले गरे पशुपतिनाथको दर्शन

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । उनले शनिबार साँझ गौशालास्थित मन्दिरमा पुगेर दर्शन तथा अवलोकन गरेका हुन् ।
प्रधानमन्त्रीका साथै मन्त्रीहरूले पनि पशुपतिको दर्शन गरेका छन् । उनलाई उक्त क्षेत्रको पुरातात्त्विक, सांस्कृतिक, धार्मिक महत्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले जानकारी गराएका थिए ।
प्रधानमन्त्री प्रचण्डले विश्व सम्पदाका रूपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गरे धार्मिक पर्यटनमा ठुलो टेवा मिल्ने बताए । उक्त निरीक्षण अवलोकनमा अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्र मन्त्री एनपी साउद, पर्यटन, ऊर्जा मन्त्री शक्ति बस्नेत, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराती पनि सहभागी थिए ।
प्रधानमन्त्री प्रचण्डले केही समयअघि भारत भ्रमणका क्रममा भारतको उज्जैनस्थित मन्दिरमा पूजासमेत गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


