काठमाडौं, २७ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्यूँताउन आफू तयार रहेको बताएका छन् ।

शनिबार आयोजित एकीकृत समाजवादी भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेकपा ब्यूँताउन आफू तयार रहेको बताएका हुन् ।

नेपालले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार हो भने तत्कालीन नेकपा ब्यूँताउन तयार रहेको बताए ।

उनले एमाले अध्यक्ष ओलीले ७० वर्षको उमेरहद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको आरोप पनि लगाए । नेपालले आफू ७० वर्ष उमेर कटेको खण्डमा पार्टीको पद लिएर बसिनरहने जिकिर गरे ।

उनले मुलुकको राजनीति प्रतिगामी दिशामा लैजाने कोसिस भइरहेको पनि बताए ।