सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ उजुरी

काठमाडौं, २७ जेठ । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश सिफारिस भएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध २९ उजुरी परेका छन् ।
कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीश र अधिवक्ताले नै संसदीय सुनुवाइ समितिमा उजुरी दर्ता गराएका हुन् ।
प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्धका उजुरी खोल्नका लागि संसदीय सुनुवाइ समितिको बैठक आगामी सोमबार बस्दैछ ।
समितिका सचिव तथा प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेयका अनुसार ती उजुरी माननीय सदस्यहरूलाई जानकारी गराउने र उजुरी कसरी टुंगो लगाउने भन्ने विषयमा छलफल राखिएको छ ।
संसदीय सुनुवाइ समितिका अनुसार प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीशमा कार्यरत श्रीकृष्ण भट्टराईसहित २९ उजुरी परेका छन् ।
संसदीय सुनुवाइ समितिको १६ जेठको बैठकले कार्कीविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


