काठमाडौं, २५ जेठ । बजेटमाथि उठेका प्रश्नहरुबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार राष्ट्रिय सभामा जवाफ दिने भएका छन् ।

राष्ट्रिय सभाको बैठक शुक्रबार बिहान ११ बजेर ३१ मिनेटमा बोलाइको छ ।

उक्त बैठकमा आर्थिक वर्ष ०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची तय भएको छ ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले शुक्रबारको बैठकको सम्भावित कार्यसूची निकालेर बजेटमाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री महतले दिने तय भएको जानकारी दिएका छन् ।