बजेटलाई सुधार नगरे मुलुकमा द्वन्द्व सिर्जना हुनसक्छ : उपेन्द्र यादव

काठमाडौं, २४ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बजेटलाई सुधार नगरे मुलुकमा द्वन्द्वको सिर्जना हुनसक्ने बताएका छन् ।
बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बजेटलाई नसुधारिए देशको लागि दुर्भाग्य हुने बताए ।
उनले बजेटलाई नसुधारिए जनताले दुःख पाउने, विकासको गति अवरुद्ध हुने र मुलुकमा द्वन्द्वको सिर्जना हुने आशंका व्यक्त गरे ।
यादवले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर संविधानको पालना गरेको बताएका छन् । उनले राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको पालना गरेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


