प्रधानमन्त्री प्रचण्डसँग स्विट्जरल्याण्डका राजदूत क्यापेलरको शिष्टाचार भेटवार्ता

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत इलिवेथ भोन क्यापेलरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा नेपाल र स्विट्जरल्याण्डको आपसी सम्बन्ध र द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालसँग परमाणु परीक्षण प्रतिबन्ध सन्धिका एक्जुकेटिभ सेक्रेटरी रोबर्ट प्लोयर्डले पनि शिष्टाचार भेटवार्ता गरेका छन् ।
सो अवसरमा प्रधानमन्त्री दाहालले परमाणु परीक्षण नियन्त्रणका सन्दर्भमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । एक्जुकेटिभ सेक्रेटरी रोबर्टले नेपालका तर्फबाट जनाइएको प्रतिबद्धताका बारेमा प्रसन्नता व्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


