सुनकोशी नदीमा खसेर बेपत्ता भएकामध्ये दुईजनाको शव फेला

काठमाडौं, २३ जेठ । गत जेठ १९ गते सुनकोशी नदीमा गाडी खसेर बेपत्ता भएकामध्ये दुईजनाको शव भेटिएको छ ।
काठमाडौंबाट खोटाङतर्फ गइरहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का तीन कर्मचारी चढेको गाडी सिन्धुलीको गोलोन्जोरस्थित सुनकोशी नदीमा खसेको थियो ।
बेपत्ता हुनेमा सिटिइभिटीका निर्देशकद्वय कृष्ण केसी र यमप्रसाद भुर्तेल तथा प्राविधिक अधिकृत भानु पौडेल थिए । नदीमा खसेको गाडी भेटिएपछि तीनजनामध्ये दुईजनाको शव पनि फेला परेको हो ।
शव भेटिए पनि उनीहरुको सनाखत हुन बाँकी रहेको सिन्धुली प्रहरी प्रमुख राजकुमार सिलवालले बताएका छन् ।
सशस्त्र प्रहरी बल (एपिएफ)को गोताखोर टोलीले पाँच दिनको लगातार खोजीपछि दुईजनाको शव फेलापारेको हो । गाडीमा सवार चारजनामध्ये चालक भने पौडेर बाहिर निस्किएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


