बजेट सच्याउन एमाले अध्यक्ष ओलीको माग

काठमाडौं, २३ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/८१ को बजेट सच्याउन सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सत्तारुढ दलहरुले अहंकार देखाएर बजेटमा कमा र फुलष्टप पनि सच्याउन नचाहे परिणामले सो अहंकारलाई झारिदिने चेतावनी दिए ।
बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरुले नभन्ने अध्यक्ष ओलीको भनाइ थियो । ओलीले बजेटले उत्पादन, उत्पादकत्व बढाउने, रोजगारीको कुनै पनि बाटो नदेखाएकाले त्यसलाई सच्याउन उपयुक्त हुने जिकिरसमेत गरे ।
अध्यक्ष ओलीले राजस्व अपचलन हुने गरी बजेट आएको दाबीसमेत गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


