सर्लाहीको चन्द्रनगर गाउँपालिका कार्यालयमा विद्यार्थीले गरे तोडफोड

सर्लाही, २२ जेठ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको कार्यालयमा चन्द्रनगर पोलिटेक्निक इन्ष्टिच्यूटका विद्यार्थीहरुले तोडफोड गरेका छन् ।
सोमबार नाराबाजी गर्दै इन्ष्टिच्यूटबाट गाउँपालिकाको कार्यालय पुगेका विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गर्दै ढुंगामुढा गरेका हुन् ।
नियमित पठनपाठन, शिक्षक भर्ना र निमित्त प्रिन्सिपल नियुक्तिको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन र तोडफोड गरेका छन् ।
तोडफोडबाट पालिकाको एउटा डोजर र कार्यालयमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कैलाश राईले बताए । क्षतिको विवरण संकलन भइरहेको उनले जानकारी दिए ।
विद्यार्थीहरुले वडा नम्बर–२ बबरगञ्जस्थित गाउँपालिका अध्यक्ष राजकुमार महतोको घरमाथि पनि ढुंगामुढा गरेका छन् ।
२०७६ सालमा स्थापना भएको इन्ष्टिच्यूटको शिक्षक अभावका कारण पठनपाठन नियमित हुन सकेको छैन ।
यता गाउँपालिका अध्यक्ष महतोले आफू निर्वाचित भएर आएपछि सुधार गर्न खोज्दा केही व्यक्तिले विद्यार्थीलाई उचालेर सार्वजनिक सम्पत्ति तोडफोड गराएको आरोप लगाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


